बैकुण्ठ र प्रताप दासको चोखो मायामा यसराज र सत्याको प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ

बरिष्ट गीतकार बैकुण्ठ प्रसाद उपाध्ययले आफ्नो नयाँ गीत मैले दिएको चोखो मायाँ…को भिडियो बजारमा ल्याएका छन् । एक महिना अघि रिलिज गरेको आफ्नो गीतको सफलतापछि उनले यो दोश्रो गीत ल्याएका हुन् ।

गायक प्रताप दासको स्वरमा यो गीत रहेको छ । गीतलाई कुमार थापामगरले संगीत तथा संगीत संयोजन गरेका हुन् । गीतको रेकर्डिङ चन्दु गोर्खालीले गरेका हुन् । यो गीतको भिडियोलाई ओएरआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।

आधुनिक गीतको यो गीतको भिडियो निकै आकर्षक बनेको छ । यो गीतमा अभिनेता यसराज गराच मुख्य भूमिकामा छन् । उनीसँगै यो गीतमा मोडल सत्या गिरी, सन्तोष पन्त, अनिशा थापामगर र बैकुण्ठ प्रसाद उपाध्यायको पनि अभिनय रहेको छ ।

यो गीतको भिडियोलाई सांस्कृतिक संस्थापनका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेका हुन् । गीतमा यसराज र सत्याको प्रेम वियोगको कथा प्रस्तुत गरिएको छ ।

भिडियोलाई बैकुन्ठ फिल्म प्रोडक्सनले निर्माण गरेको हो । दुई दिन अघि रिलिज भएको यो गीतलाई श्रोताले मन पराएको गीतकार बैकुन्ठले बताए । नरेश आयरले खिचेको यो गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन रहेको छ ।