ट्रेलरमा आयो चलचित्र नाँगो गाउँ


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ५ भदौ

दीपेन्द्र लामा निर्देशित चलचित्र नाँगो गाउँ २९ भदौबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । रिलिजको मिति नजिकिँदै गर्दा मँगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ । ओएसआर डिजिटलबाट यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रको ट्रेलरमा दुई नेताको चुतावी रणनीतिलाई प्रस्तुत गरिएको छ । जसमा अभिनेता शिशिर वाङ्देल पुरातनवादी पुँजीपति नेता र अर्का अभिनेत दयाहाङ राई उदयमान सर्वसाधारण नेताको रुपमा प्रस्तुत भएको देखिन्छ । यो चलचित्रमा यी दुईको राजनीतिक लडाई देखाईएको छ ।

यो चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठले निर्माण गरेका हुन् । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।