प्रकाश र अन्नुको ‘गैरी खोला बनैमा’ म्युजिक भिडियो सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौ, ५ भदौ

गायक प्रकाश तामाङ तितुङले गायिका अन्नु चौधरीसँग नयाँ गीत ‘गैरी खोला बनैमा…’ बजारमा ल्याएका छन् । बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीतको भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनि गरिएको छ । यो गीतमा आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको छ । गीतको भिडियोलाई ‘खुइले बाजे’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा स्वयम बिक्रम (खुइले बाजे), मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा)को अभिनय रहेको छ । जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ । सोहि अनुसार नै प्रिमिल जोडीको प्रेम सम्वन्धलाई म्युजिक भिडियोमा देखाइएको छ ।

कार्यक्रममा बोल्दै गायक प्रकाशले सुदुरपश्चिमको भाका पहिलो चोटी गाउदा फरक अनुभव भएको बताए । त्यस्तै गायिका अन्नुले सुदुरपश्चिमको भाका र सेलो भाकाको गीत गाउने अफर आउने बित्तिकै मनपरेको बताइन् । गीत रेकर्डको दिन सम्झिदै अन्नुले भनिन्, गाउदापनि एकदमै सहज, एमदमै मिठो मेलोडी ।’

बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले छयाँकन र सम्पादन गरेका छन् । भिडियोको बिष्णु खड्काको रँग सँयोजन र टार्जन लिम्बुको ड्रोन रहेको छ ।