ब्युटी न्युज नेपाल
काठमाडौं, ३ भदौ
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी दशैंमा रिलिज हुँदैछ । रिलिजको दुई महिना अघिबाटै निर्माण टिमले चलचित्रको प्रचार प्रसारलाई बलियो बनाउँदै लगिरहेको छ । यही मेसोमा यो चलचित्रको फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरिएको छ । यो चलचित्रको यतिबेला फरक डिजाईनका तीन थान पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई ‘दुर्गामाता’को अवतारमा चित्रण गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरुलाई पनि स्थान दिएको छ ।
निर्माण टिमका अनुसार पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा ‘पशुपति प्रसाद २ ः भष्मे डन’ निर्माण गरिएको हो ।
यी कलाकारसँगै भस्मे डनमा मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको पनि अभिनय रहेको छ ।
यो चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालको निर्देशन गरेका हुन् । चलचित्र अन्तराष्टिय बजारका लागि यस अघि नै निकै राम्रो रकममा बिक्री भईसकेको छ ।
‘पशुपति प्रसाद २ ः भष्मे डन’मा अभिनेता तथा निर्माता यो चलचित्रलाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्र सहित अभिनेत्री वर्षा सिवाकोटीको पनि बिशेष भुमिकामा देख्न सकिने निर्माण पक्षको कथन छ । सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । जसमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण भएको छ ।