भिडियोमा आयो गीतकार किस्ना आचार्य रोशनीको तिम्रो याद


ब्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ

गीतकार किस्ना आचार्य रोशनीको नयाँ गीत तिम्रो याद…को भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको छ । यो नयाँ आधुनिक गीतलाई मनोजराज सिवाकोटीले गाएका छन् । यो गीतमा ज्योति प्रकाशको संगीत रहेको छ ।

यो गीतको म्युजिक भिडियोमा इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीको अभिनय रहेको छ । यी दुईको अभिनय राम्रै छ । गीतको म्युजिक भिडियो मुकेश हुमागाइले खिचेका हुन् । जसमा दिपेन्द्र प्रकाश केसीको निर्देशन र प्रबिन भट्टको सम्पादन रहेको छ ।

मोफसलमा रहँदै सांगीतिक तथा साहित्यिक सिर्जना यात्रामा रहेकी रोशनीका स्कुले विद्यार्थी जीवनमै “संघर्ष“ गजल सङ्ग्रह, “च्यातिएको मन“ उपन्यास र केही दोहोरी गीत प्रकाशित भइसकेका थिए। त्यसैको निरन्तरतास्वरूप उनका दर्जनौं लोक तथा दोहोरी गीत, मौलिक सालैजो गीत, तीज गीत, दशैं गीत, झ्याउरे गीत प्रकाशित भएका छन्।

गीत लेखन तथा साहित्य सिर्जनामा अब्बल रोशनीका केही गीतमा उनकै स्वर र अभिनय पनि रहेको छ ।

काठमाडौं आएपछि गीत लेखनसँगै उनी पत्रकारितामा पनि सक्रिय रहँदै आएकी छिन् । उनले गीत लेखन र पत्रकारिता दुबै विधाबाट विभिन्न अवार्ड र सम्मान समेत पाएकी छिन् । उनी सुन्दरादेवी सन्देश म्युजिक अवार्ड, निम अवार्ड, मौलिक सिर्जना सम्मान नाट्यश्वर म्युजिक अवार्ड , इपिक नेपाल म्युजिक अवार्ड २०७५,नेशनल पावर म्युजिक अवार्ड आदिबाट अवार्डेड तथा सम्मानित भईसकेकी छिन् ।