देशब्यापी सिनेमा हलमा रिलिज भयो जुवेली रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

चलचित्र जुलेवी आज १ भदौ शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज भएको छ । यो चलचित्र देशका ६ दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज भएको यसको निर्माता आभा शर्माले जानकारी गराएकी छिन् ।

यो चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय रहेको छ ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । फिल्मका लेखक पनि उनी नै हुन् ।

फिल्मकी निर्माता आभा शर्मा नेपाल हुन् । यो चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट हुन् । एन्थोलोजी जनरामा निर्मित यो चलचित्रको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

फिल्ममा चार जना महिला पात्रको कथा रहेको निर्माता आभाले बताईन् । यौनकर्मी नारीहरुले कस्तो समस्या भोग्नु पर्दोरहेछ भन्ने कथा यसमा प्रस्तुत गरेको पनि उनले बताईन् ।