अञ्जुले लिएर आइन् तीजको लहर


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ साउन

यो वर्षको तीजको लागि लक्षित गरेर गायिका अञ्जु श्रेष्ठले नयाँ तीज गीत ल्याएकी छिन् । विगत ६ र ७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन् ।

हरेक वर्ष तीजको गीत ल्याउने उनले यसपटक तीजको लहर लिएर आएकी हुन् । अञ्जु श्रेष्ठले यस वर्ष तीजको युगल गीत बनाएकी छिन् । विगतका वर्षहरुमा एकल स्वर लिएर आउने गरेकी अन्जुले यस पटक बिना भट्टराईलाई पनि साथ लिएकी छिन् । यस पटकको तीज गीतमा आफ्नो स्वर दिनुका साथै बिना भट्टराईले शब्द पनि लेखेकी छिन् । संगीत भने मीन गुरुङले गरेका छन् । गीतमा एरेन्ज भने सुदिप सागरले गरेका छन् । गीतको मिक्सीङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला भएकी छिन् भने स्वयं अन्जु श्रेष्ठ र बिना भट्टराईले नै कम्मर मर्काएका छन् । गीतको निर्देशक तथा छायाँकन ज्ञानेन्द्र शर्माले गरेका छन् । नृत्य निर्देशक सन्तोष राजवाहकको रहेको छ । गीतको सम्पादन विवेक उप्रेतीको रहेको छ । महिलाहरुको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफुले यसरी गीत हरेक तीजमा लेराउने गरेको अन्जु श्रेष्ठले बताइन् ।