ब्युटी न्युज नेपाल
काठमाडौं, २९ साउन
चलचित्र ’ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको ट्रेलरमा सामाजिक तथा राजनीतिक आरोह अबरोहको दृष्य समेटिएको छ । यो चलचित्रको ट्रेलरमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतका कलाकारलाई देख्न पाईन्छ ।
यो चलचित्रको ट्रेलरमा राजनितिले देश र समाजमा पाएको प्रभावलाई नजिक बाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । सिनेमाको सार्वजनिक २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा प्राय सवै कलाकारलाई स्थान दिएको छ । सिनेमाका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । सिनेमाका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।
ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृती मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई सिनेमाले उठान गरेकाले आफ्नो मन छोएको बताए । सिनेमाको सार्वजनिक ट्रेलर हेर्दा ’ऐंचो पैंचो’ उत्कृष्ट बनेको महसुस गरेको बताए । उनले नेपालमा यस्तो बिषय वस्तुमा अझै धेरै सिनेमा निर्माण हुन जरुरी भएको भन्दै सिनेमा निर्माण अगाडी सिनेमाको कथामा आफुलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा सिनेमामा आउन सक्ने बताए । तरपनि सिनेमामा जति आएका छन् यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त भएको उनको भनाई छ । उनले भदौं १४ गते आफु परिवार सहित हलमा गएर सिनेमा हेर्न पनि घोषणा गरे ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।