विजयमान सिंह र आराध्यलक्ष्मीको मतिनाया देशय् सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

नेपालभाषाको अभिनेत्री, मोडल एवम् कोरियोग्राफर आराध्यलक्ष्मी खड्गी गायनमा पनि उत्रिएकी छिन् । उनको गायनमा नेपाल भाषाको पहिलो गीत मतिनाया देशय्…( मायाको देशमा)को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

रासु अर्थात राम खडगी र सुर्जलक्ष्मी खडगी प्रस्तुतकर्ताका रुपमा रहेको यो भिडियोमा विजयमान सिंहले उनलाई जोडिका रुपमा साथ दिएका छन् । मोडल सिंह अमेरिकामा बस्दै आएका नेपाली हुन् ।

विशेषगरी सांस्कृतिक सेवा तथा समाजसेवामा संलग्न सिंह नेवाः गुथि न्यूयोर्कका अध्यक्ष हुन् । वीरेनकुमार शाक्यद्वारा संगीतबद्ध यो गीतको भिडियो को निर्देशक र गीतकार राजेशमान सिंह हुन् भने छायांकन र सम्पादन सोहन मानन्धरले गरेका हुन् ।

गायनमा पनि विशेष रुचि राख्ने विजयमान सिंहको स्वर रहेको भन तिमिलाई… बोलको नेपाली गीतको भिडियो पनि सोही कार्यक्रममा प्रिमियर गरिएको छ । मतिना इन्टरटेंटमेंट ले निर्माण गरेको यो भिडियो का निर्देेशक दिपक श्रेष्ठ हुन् भने गीतकार तथा सगीतकार पनि विजयमान सिंह स्वयं हुन् । यो गीतको भिडियो मा विजयमान सिं को साथमा पुराना अभिनेत्री नन्दिता केसीे जोडी बनेर प्रस्तुत भएकी छिन् ।

कलाकर्मी खडगी र सिंहका दुई बेग्ला बेग्लै तीतको एक प्रिमियर गरिएको कार्यक्रम विजयमान सिंहको सभापतित्व र ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठ प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सुर्जलक्ष्मी खडगी ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ट गायक जुजुकाजि रन्जित, अग्रज अभिनेत्री नारायण देवी प्रधान, चलचित्र निर्देशक प्रकाश सायमी, पत्रकार विजयरत्न तुलाधर विशेष अतिथीका रुपमा रहेका थिए ।