भ्रष्टाचारका कान्ड समेटेर आयो तीज गीत पशुपतीमा जलहरी


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

यो वर्षको तीज नजिकिँदै छ । यो तीजलाई लक्षित गरेर अहिले विभिन्न गीतहरु बजारमा आईरहेका छन् । यसै क्रममा गायक, सर्जक तथा मोडेल प्रकाश शाहीको तीज गीत पशुपतीमा जलहरी…श्रोता दर्शकमाझ आएको छ ।

यो गीतको भिडियो प्रकाश शाही युट्युव च्यानल मार्फत सार्वजानीक गरिएको छ । सामाजीक मुद्धाहरुलाई गितका माध्यमवाट जनमानसलाई सुसचित गर्दै आईरहेका गायक शाहीले यस गीतमा पनि मुख्यगरी भ्रस्टाचार र व्यथितिका कुराहरुलाई तीज गीत मार्फत उठान गरेका छन्।
यो तीज गीतको लय शव्द प्रकाश शाहीकै छ । जसमा स्वर मान्डवी त्रिपाठी र प्रकाश शाही छ ।

सर्जक शाहीका अनुसार पशुपतिको जलहरी बनाउककदा सुन घोटाला भयको विषयवाट गितको सृजना गरी समग्र भ्रस्टाचाका कुराहरुलाई उठान गरिएको छ । छायांकन पनि गीतको भाव अनुसार निकै मेहेनत गरेर निर्माण गरिएको हुनाले गीतले जनमानसको मन जित्ने उनले वताएका छन् ।

यो गीतको भिडियोमा निर्देशन निर्मल प्याकुरेलको छ । यसमा कोरीयो ग्राफी अशाोक बस्नेत, छायांकन अर्जुन सापकोटा , एरेन्ज विपिन आचार्यको रहेको छ । भिडियोमा कलाकारहरु प्रकाश शाही, ज्योती काफ्ले, गणेश भक्त गौतम, गणेश वस्नेत ,कुमार कार्की, देवकी तिमिल्सिना, प्रकाश खत्री, गोपाल पाण्डे, प्रविन शाही, पुर्ण भण्डारी, राम रावत लगायतको अभिनय छ ।