दीपकको ‘कल्ले देख्यो र ? मा शनिसा, अञ्जली र एलिनाको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ साउने

यतिबेला संगीतकार दीपक शर्माको संगीतमा एकपछि अर्को तीज गीतहरु आईरहेका छन् । उनको संगीतमा सोमबार मात्र सुनिता दुलालको स्वरमा पियारी गीत आएको थियो ।

दिपककै संगीतमा यतिबेला नयाँ तीज गीत ‘कल्ले देख्यो र…?’ को भिडियो बजारमा आएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर ल्याईएको यो गीतलाई गायिका एलिना चौहानले गाएकी हुन् । गीतको रचना पनि संगीतकार दीपक शर्माले नै गरेका हुन् । प्रिज्मा डिजिटलमा रेकर्ड गरिएको यो तीज गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन, श्यामश्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको छ । यो तीज गीतको भिडियोलाई एलिना चौहानको अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।

नयाँ पुस्तामा निकै चर्चामा रहेकी मोडल सनिशा भट्टराई सहित अञ्जली अधिकारी र एलिना स्वयम्ले यो गीतको भिडियोमा मोडलिङ गरेका छन् । यो गीतमा २० वर्षसम्मको श्रम माईतीलाई दिएको र त्यसपछिको जीवन अर्कैलाई दिएको कुरा कल्ले देख्यो र तथा कल्ले बुझ्यो र भन्दै उठाउँदै सनिशा र अञ्जली छमछमी नाचेका छन् । यी दुईटी मोडलसँगै गायिका एलिना पनि मोडलकै रुपमा छमछमी नाच्न सफल भएकी छिन् । छोरी जन्मदा परिवारमा छाएको नैरस्यताको पीडा पनि यो गीतमा प्रस्तुत गरिएको छ । गीत निकै मिठो छ । गीतलाई शनिसासँगै अञ्जली र एलिनाले अभिनयबाट त्यत्तिकै सार्थक तुल्याएको छ ।

प्रकाश खड्काले खिचेको यो गीतको भिडियोको मिलन विश्वकर्माले सम्पादन तथा रँग संयोजना गरेका हुन् । भिडियोमा बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।