मुटु चस्केरमा लक्ष्मीसँग दीपेन्द्र र शिशिरको प्रेम वियोग


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ साउन

गायक रामकुमार नेपाली र गायिका जयन्ता मगरले नयाँ लोक दोहोरी गीत मुटु चस्केर…बजारमा ल्याएका छन् । यो गीतमा अमृत भारतीको शब्द सँगीत रहेको छ । यो गीतको संगीत संयोजन पनि गायक रामकुमार नेपालीले नै गरेका हुन् ।

बियोगान्त भावको यो गीतको भिडियोलाई भारती पिक्चर्सको युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियो पनि भारती पिक्चर्सले नै निर्माण गरेको हो ।

यो गीतको भिडियोलाई शँकर बिसीले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेमकथा दर्शाईएको छ । श्रीमान नशाको लतमा फस्ता श्रीमतीले भोग्नु परेको समस्यालाई गीतको भिडियोमा निर्देशक बिसीले प्रस्तुत गरेका छन् ।

यो गीतको भिडियोमा लक्ष्मी बर्देवा, शिशिर भण्डारी र दीपेन्द्र सोनामको अभिनय रहेको छ । भिडियोमा यी तीन बीचको प्रेम वियोग प्रस्तुत छ ।

यो म्युजिक भिडियोको कथा अमृत भारतीले लेखेका हुन् । भिडियोमा राजेश घिमिरेको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको छ ।