सुनिता दुलालले ल्याईन तीज भाका ‘पियारी’


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ साउन

चर्चित लोक दोहोरी गायिका सुनिता दुलालले आफ्नो नयाँ तीज गीत ‘पियारी’ सोमबार सार्वजनिक गरेकी छिन् । काठमाडौंमा एक समारोहबीच उनले यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

उनले ८ जना नारीलाई सारी बितरण गर्दै आफ्नो नयाँ तीज गीत सावैजनिक गरिन् । बरिष्ट देखि नयाँ पुस्तासम्मका ९ कलाकारलाई सुनिताले तीजको उपहार स्वरुप रातो सारी तथा पछ्यौरी प्रदान गरेकी हुन् । गायिकाहरु तारा थापा, देविका बन्दना, माण्डाबी त्रिपाठी, रचना रिमाल, अभिनेत्रीहरु लक्ष्मी गिरी, पल्पसा डँगोल, पूर्व मिस नेपाल उषा खड्गी, मोडल लक्ष्मी जोशीलाई सारी सहित तिजको सामग्री उनले प्रदान गरेकी हुन् ।

सुनिताको नयाँ तीज गीतलाई दीपक शर्माले शब्द रचना तथा संगीत गरेका हुन् । गीतको भिडियोमा दीपाश्री निरौला, लक्ष्मी गिरी, नीर शाह, लक्ष्मी जोशी र सुनिता दुलाल स्वयम्ले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई सुनिताले आफ्नै अफिसियल युट्युव च्यानलबाट रिलिज गरेकी छिन् ।

सो कार्यक्रममा बोल्दै गायिका सुनिता दुलालले आफुलाई लोक दोहोरी गायिका भनेकोमा खुसी लाग्छ भनिन् । सँधै झै यसपटक पनि आफुले मौलिक गीत ल्याएको बताईन् । लक्ष्मी गिरी, निर शाहदेखि तारा थापासम्मले उनको यो गीत निकै राम्रो भएको सो कार्यक्रममा बताए ।

video