किन यस्तो लाग्छ…को भिडियो सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ साउन

काठमाडौंमा एक कार्यक्रमबीच नयाँ किन यस्तो लाग्छ…को म्यूजिक भिडिया सार्वंजनिक गरिएको छ । महेश गोदारको प्रमुख आतिथ्यतामा उक्त म्यूजिक भिडियो लोकापर्ण भएको हो । यो गीतमा सूर्य माम्वा तामाङ्ग र पूजा तामाङ्गले स्वर दिएका छन् । सूर्य माम्वा तामाङ्गको संगीत रहेकोे छ भने गीतको रचना पनि माम्बाले नै गर्नुभएको छ ।

एसईईडान्स च्याम्पेनसिप सिजन थ्री मा प्रथम स्थान हासिल गर्न सफल कलाकार अस्तिक कार्की तथा एसईईडान्स च्यान्पेन्सिप सिजन फोरमा सेकेण्ड रनर अप स्थान हासिल गरेकी समीक्षा कार्कीको नृत्य यो भिडियोमा रहेको छ ।

प्रेमकथामा आधारित यो म्यूजिक भिडियोमा उदयमान कलाकार अस्तिक कार्की र समीक्षा कार्कीको अभिनय छ । भिडियोलाई देव दोर्जे लामाले निर्देशन, छायाँकन तथा सम्पादन गरेका हुन् । यो म्यूजिक भिडियोको कोडियोग्राफर अस्तिक कार्की हुन् । भिडियो दोर्जे अफिसियल युटुव च्यानलमा हेर्न सकिनेछ ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै महेश गोदारले नेपालमा नृत्य तथा अभिनय क्षेत्रको भविश्य उज्वल रहेको आफ्नो अध्ययन तथा कामसँगै आफूमा रहेको कलालाई उजागर गर्नुपर्ने बताए । यसमा अभिभावको साथ, सहयोगका साथै सरकारले कलाकारहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने सुझाब पनि उनले दिए । कलाको सम्बद्धृन र प्रवद्र्धनमा केन्द्रदेखि स्थानीय निकायको साथ र सहयोगको अपेक्षा रहेको पनि उनले प्रष्टयाए ।

सो कार्यक्रमको अध्यक्षता युवा व्यवसायी कुमार कार्कीले गरेका थिए । कार्यक्रमको समापन गर्दे अध्यक्ष कुमार कार्कीले कलाकारिता तथा अभियन यस्तो क्षेत्र हो जहाँ कठोर मेहनेतले मात्र सफल हुन सकिन्छ भने ।

कार्यक्रममा प्रमुख अतिथि महेश गोदार सहित विभिन्न कलाकारलाई कुमार कार्की तथा व्यवसायी नकुल कार्कीले मायाको चिनो प्रदान गरे ।