गायक अजेष पौडेलले ल्याए जे छु ठिकै छु…


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ साउन

गायक अजेष पौडेलले नयाँ गीत जे छु ठिकै छु…को भिडियो दर्शकमाझ ल्याएका छन् । यस अघि गायक अजेशले ’भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरेका थिए, जुन टिकटकमा भाईरल बनिसकेको छ। हुन त गायक अजेशले द भ्वाइसमा जानु भन्दा अगाडी पनि धेरै गीतहरूमा आफ्नो आवाज भरिसकेका छन्।

’द भ्वाइस अफ नेपाल’ बाट गायनमा चर्चा कमाएका अजेश आफैले यो गीत लेखेका हुन् । गीतको भिडियोमा पनि उनकै अभिनय रहेको छ । भिडियोमा उनलाई मोडल अनिषा ओलीले अभिनयमा साथ दिएकी छिन्।

यो गीतमा अजेषको आवाज रहेको गीतमा ’द भ्वाइस अफ नेपाल’बाटै चर्चित अर्का गायक डम्बर हिङ्ग्मांगको शब्द सङ्गीत, देवाशिश तामाङको एरेन्ज, मनोज थापा मगरको मिक्सिङ्ग तथा मास्टरीङ्ग, विकास दाहालको सम्पादन, अनिल कटवालको छायाङ्कन रहेको छ ।

सिनेरा फिल्म्स ब्यानर तथा अजेषको निर्माणमा बनेको गीतको भिडियोमा अजेष र अनिषाको अभिनय तारिफ योग्य छ। माया प्रेम र बिछोडको समिश्रणका साथ तयार भएको गीतको भिडियो निकै उत्कृष्ट पनि बनेको छ। भिडियोमा अजेष र अनिषालाई अशोक भुजेलले निर्देशन गरेका हुन् ।