श्रेयसीको आमा मेरी आमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो बजारमा आएको छ ।

यो गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ ।

आफनो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी सघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । मनमा पिडा र वेदना भएपनी आमा पछीको अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आफुले आत्मसाथ जिवनभर गर्ने कुरा गीतमा व्यक्त गरिएको छ ।

गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ्ग र गीतकार दिलिप योञ्जनको अभिनय रहेको छ । ‘आमा मेरी आमा ’लाई विनोद बमले सम्पादन गरेका हुन ।