‘एफएलएफ अवार्ड २०८०’ सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार

भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड तथा संस्कृतिमुलक कार्यक्रम ‘एफएलएफ अवार्ड २०८०’ शनिबार साँझ राजधानीमा सम्पन्न भएको छ ।

राष्ट्रिय नाँचघरमा फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजित कार्यक्रममा अभिनेत्री लक्ष्मी योङहाङ, अभिनेता टिकाराम लिम्बु, गायिका मेचु धिमाल, गायक सुसन साम्सोहाङ, संगितकार मान तबेबुङ र निर्देशक टिकाराम लिम्बु माखिमले अवार्ड जिते ।

त्यस्तै पालाम भिडियोबाट मोडल पुष्पाञ्जली लिम्बु, विमला खजुम, रुद्र पाहिम, शेलेन्द्र नाल्बो, गायक शम्भु फोम्बो, जिवन केदेम, डि आर हाङसरुम्बा, गायिका रुक्साना लिम्बु, निरन्ता नेम्बाङ, शब्द तथा लय संकलनमा शैलेन्द्र नाल्बो र विपन तावाले अवार्ड पाए ।

पालाम विधाबाट हाङ चेम्जङ र म्युजिक भिडियोबाट सागर केरुङले उत्कृट निर्देशनको अवार्ड जिते । छायांकन सम्पादनको अवार्ड बि बि लिम्बुले प्राप्त गरे भने सर्वोत्कृष्ट फिल्म र भिडियोमा क्रमशः ‘रित’ र ‘इच्छिङमा’ले अवार्ड प्राप्त गरे ।

यस वर्षको एफएलएफ अवार्ड लाइफ टाइम अचिभमेन्ट गीतकार तथा संगितकार रिता फोम्बो ठूलीलाई दिइएको थियो । त्यस्तै कला निर्देशक र कलाकार विश्व मुखिया र कलाकार इन्द्र शेर्पालाई सम्मान गरिएको थियो ।

अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बु भाषाविद याशेली योङहाङ र गायक तथा संगितकार कुल्बा सुब्बा जुरी थिए ।

आशा नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा उप–सभामुख इन्दिरा राना मगर, प्रतिनिधि सभा सदस्य गणेश पराजुली, निर्देशक तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार सुनिल थापा, प्रहरी नायव महानिरिक्षक चन्द्र कुवेर खापुङ, पुर्व मेजर जनरल होमकुमार लावती र सञ्चारकर्मी दिनेश डिसीलगायतको उपस्थिति थियो ।