बविनाको तिमी नमर्नु है…रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौ, १७ असार

गायिका बविना भट्टराईको स्वर तथा संगितमा नयाँ गीत तिमी नमर्नु है…को भिडियो सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज/मिक्सिङ/ मास्टरीङ गरिएको गीतको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो ।

गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत रिलिज गरिएको छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहजरुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सार्थक बनाउन सकिने उद्घोष रचनाकार पाण्डेको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।

गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका घटनालाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाकोे छायाँकन , सरोज रञ्जितकारको सम्पादन तथा केशव भटटले निर्देशन भिडियोमा गरेका छन । गीतको भिडियोमा बविना भट्टराई नै प्रस्तुत भएकी छिन् ।