जुगल डँगोलको एकल संगीतमा भजनसँग्रह बन्दना बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

बरिष्ट संगीतकार जुगल डँगोलको एकल रचनामा ६ वटा भजनको सँग्रह ‘बन्दना’ श्रोतामाझ आएको छ । यी भजनहरुलाई पूर्णकाजी ज्यापु र तीर्थ नारायण महर्जनले ।रचना गरेका हुन् ।

काठमाडौंको नाचघरमा आयोजित एक समारोहबीच यो भजन सँग्रहको अग्रज हास्य कलाकार मनदकृष्ण श्रेष्ठले बिमोचन गरेका छन् । मनमा शान्ति दिने भजनहरु सुन्दा आफु आनन्दित भएको मदनकृष्णले बताए । बिमोचन समारोहमा सँग्रहको दुई वटा भजन बन्दना…र बुद्धको शरणमा जाउँ…को म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

स्वयम्भुनाथमा रहेको ज्ञानमाला भजन खलः ले भजन सँग्रह ‘बन्दना’ श्रोतामाझ ल्याएको छ । सँग्रहमा ६ वटा भजन छन् ।

जसमा संगीता प्रधान रानाको स्वरमा बन्दना बन्दना, रामकृष्ण ढकालको स्वरमा हिँसा अशान्ति…, शिव परियारको स्वरमा आँखा खोली…, केन्जुमा सुब्बाको स्वरमा माया मोहको…, रचना रिमालको स्वरमा उपदेश बुद्धको र जुजुकाजी रँजित, सतिस महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जनको स्वरमा बुद्धको शरणमा जाउँ…भजनहरु संग्रहित छन् ।

काठमाडौंको स्वयम्भुमा हरेक विहान ४ बजेबाट ७ बजेसम्म भजन कृतन हुने गरेको छ । ज्ञानमाला भजन खल : स्वयम्भुले बिगत ८६ वर्षदेखि हरेक दिन भजन किर्तन गर्दै आएको छ ।

देशभर ज्ञानमाला भजनको ८१ वटा शाखा पनि भईसकेको छ । यस अघि नेपाल भाषामा मात्र भजनकिर्तन गर्दै आएको ज्ञानमालाले गत वर्षबाट नेपालीमा पनि भजनकिर्तन गर्न थालेको छ । यसै क्रममा यो नेपाली भाषाको भजन सँग्रह बजारमा ल्याएको संगीतकार जुगल डँगोलले बताएका छन् ।