ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार
अन्तराष्ट्रिय गौतम बुद्ध क्रिकेट रँगशालाको निर्माणबाट हात झिकेपछि चलचित्रमा फर्किएका धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरेले दुई वर्ष अघि चलचित्र म त मर्छुकी क्याहो निर्माण गरेका थिए । विभिन्न ठाउँमा प्रदर्शनपछि उनीहरुले वेव फिल्म म त मर्छु कि क्याहो युट्युवमा सार्वजनिक गरेका छन् ।
चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ’ओहो मुभिज’मा राखिएको थियो । धुर्मुस् सुन्तली युट्युवमा आज (सोमबार) दिउँसो ३ः३० मा सार्वजनिक गरिएको हो ।
फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामादेखिएका छन् । फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ ।
यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । धुर्मुसले भनेका छन्, ’यसलाई हामीले वेव फिल्म भनेका छौं । ठुलो पर्दाको चलचित्र भने होइन ।’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्नेछन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र बजगाईको संगीत रहेको छ ।