ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार
यही १५ असारबाट देशव्यापी रुपमा रिलिज हुने सुरज पाण्डेको डेब्यु निर्देशन रहेको चलचित्र परस्त्री टिमलाई आइतबार मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ ।
यो चलचित्र हिन्दी भाषामा पनि निर्माण भएको छ र भारतमा समेत रिलिज हुँदैछ । आइतबार नै सिनेमाको निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सिनेमाको कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा अन्र्तक्रिया समेत गरेको थियो ।
परस्त्रीको निर्माण टिम अहिले सिनेमाको प्रचार र भारतमा रिलिजको लागि मुम्बईमा छ । यो फिल्मको अहिले प्रचार–प्रसारको काम व्यापक भैरहेको छ ।
निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे कलाकारसहितको टिम लिएर अहिले मुम्बईमा विभिन्न मिडिया र भारतमा रहेका नेपालीमाझ सिनेमाको प्रचार गरिरहेका छन् ।
सिनेमामा कोशिस क्षत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।
सिनेमाले विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमालाई निरज कँडेलले डिओपी र कृष्णबहादुर थापाले छायांकन गरेका हन् ।
सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।