ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असार
बृत्तचित्र, म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरेले चलचित्र लेखनमा पनि आफ्नो सक्रियता बढाएका छन् । निर्देशक उदय सुब्बाको चलचित्र दुई कदम बाट घिमिरेले चलचित्र लेखकको रुपमा डेब्यू गरेका हुन् ।
म्यूजिक भिडियो निर्देशन संगै बृत्तचित्र निर्माण निर्देशनमा घिमिरे लामो समय देखि क्रियाशिल छन् । उनका भिडियो तथा बृत्तचित्रमा मौलिक कथा र ठेट नेपालीपन पाइन्छ ।
चलचित्र दुई कदममा अर्गानिक प्रेमकथा संगै नेपालको पूर्वी क्षेत्रमा रहेको ऐतिहासिक तथा किराँत संस्कृतिलाइ देखाउने प्रयास गरिएको लेखक घिमिरेले जानकारी दिए ।
धनकुटामा जन्मिएका घिमिरेले हाल सम्म ३ दर्जन भन्दा बढि म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् भने उनले बनाएको बृत्तचित्र ‘जोगी’ले स्वदेश तथा बिदेश बाट बिभिन्न अवार्ड पनि हासिल गर्न सफल भएको छ । लेखक घिमिरे कान्तिपुर फिल्म एकेडमीका सन्चालक समेत हुन् ।
उनै यसै साता दोश्रो ग्रामिण चलचित्र महोत्सब २०२३ बाट उत्कृष्ट बृत्तचित्र निर्देशकको अवार्ड जित्न सफल भएका छन् ।