ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार
यस अघि सम्म आफ्नो विवाह भएको कुरा समेत अश्विकार गर्दै आएका चर्चित गायक राई ईज किङ अर्थात राजेशपायल राईले आफ्नो छोराको पहिजो जन्मोत्सबको फोटो र भिडियो नै सार्वजनिक गरेर यतिबेला दर्शकलाई चकित तुल्याएका छन् ।
उनले छोराको लागि एउटा जन्म दिन अर्थात बर्थडे गीत नै बनाएका छन् । सो गीतलाई उनले मँगलबार बेलुका आफ्नै अफिसियल युट्युव च्यानलाबट समेत सार्वजनिक गरेका छन् । आखिर उनले यत्रो समय यो कुरा किन गोप्य राखे भन्ने प्रश्न यतिबेला सबैले उठाएका छन् ।
सांगीतिक क्षेत्रमा सधैं चर्चामा आइरहने राजेशपायललाई पछिल्लो केही समयता विवाहका कारण पनि थप चर्चामा छन् । तथापि राजेशपायलले अहिलेसम्म विवाह र सन्तानबारे औपचारिक रुपमा सार्वजनिक गरेका थिएनन् । यसरी आफ्नो विवाहको खबर सार्वजनिक नगर्दा उनको विभिन्न खाले टिप्पणी हुँदै आएको छ ।
विवाह र छोराप्रति टिप्पणी भइरहेका बेला राजेशपायलले ‘जुनियर किङ’ अर्थात छोरा सायारेमको जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थ–डे’ बोलको गीत सार्वजनिक गरेका हुन् । सायरेम एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा मंगलबार विहान ‘ह्याप्पी बर्थ–डे’ बोलको गीत सार्वजनिक गरेका हुन् । यससँगै राजेशपायलले औपचारिकरुपमा छोरा स्वीकारेको पुष्टि भएको छ । छोराको जन्म दिनको अबसर पारेर सार्वजनिक गीतमा राजेशपायलकै संगीत तथा स्वर रहेको छ । ‘ह्याप्पी बर्थ–डे’ बोलको यस गीतलाई उनले छोरा सायारेमप्रति समर्पित गरेका छन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको शब्दरचना अग्नि साम्पाङ राईले गरेका हुन् ।
यो गीतको भिडियोमा मोडलको रुपमा उनले आफ्नो छोरा सायारेमको तस्बिर तथा भिडियो प्रस्तुत गरेका छन् । भिडियोमा छोरालाई मात्र राखेका छन् । ग्राफिक्स गरिएको यो भिडियोमा उनले श्रीमतीलाई समेटेका छैनन् । आफ्नो तस्बिर तथा भिडियो पनि राखेका छैनन् । जन्म दिनको गीत भएकाले नितान्त छोरा सायारेमप्रति गीत र भिडियो समर्पण गरेका छन् । भिडियोले एक दिनमै करिब एक लाख भ्युज पाईसकेको छ ।
गत वर्ष यसै समयमा राजेशपायलले विवाह गरेको समाचार सार्वजनिक भएको थियो । साथै, समाचारसँगै उनकी श्रीमती सायाबुङ र छोरा सायारेमको तस्बिर समेत सार्वजनिक भएको थियो ।
त्यो कुरालाई राजेशपायलले त्यतिबेला अश्विकार गरेका थिए । सोही कारण पनि उनी बिबादमा परेका थिए । राजेशपायलको विवाहबारे विभिन्न खाले चर्चा र टिप्प्प्णी हुँदै आएको थियो । तर, उनले सार्वजनिक रुपमा केही बोलेका थिएनन् ।
त्यसैले पनि राजेशपायलको विवाह र सन्तानको विषयलाई लिएर सञ्चारमाध्यमले विभिन्न किसिमबाट टिप्पणी गर्दै आएका छन् । सञ्चारमाध्यमले गरेका टिप्पणीप्रति पनि उनी मौन थिए ।
त्यसैले कतिपयले भन्थे, ‘राजेशपायलले विवाह गरेको स्वीकारिसके, सार्वजनिक गर्न मात्र बाँकी छ ।’ यसैबेला हिजो (मंगगलबार) छोरा सायरेमप्रति समर्पित गीत सार्वजनिक गरेर विवाहलाई औपचारिक रुपमा स्वीकारेका छन् ।
हुन त प्रेम, विवाह र मृत्युलाई सार्वजनिक गर्नैपर्छ भन्ने बाध्यकारी छैन । विश्वका चर्चित व्यक्तित्वहरुले गोप्य प्रेम र विवाह सम्बन्धबाट सन्तान प्राप्ती गरेको थुप्र्रै उदाहरण छन् । तर, नेपाली समाजमा त्यो पनि नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राई जस्ता व्यक्तित्वको विवाहलाई मिडियाले चासो दिनु सामान्य हो । राजेशपायलको विवाहबारे सञ्चारमाध्यमले टिप्पणी गर्नुको कारण यो पनि हो कि राजेशपायल आफैंमा एक ‘न्युजमेकर’ हुन् । उनी राम्रा वा नराम्रा समाचार र गसिपहरुमा छाइरहेका हुन्छन् ।
औपचारिक रुपमा विवाह गरेको स्वीकारोक्ति नगरी छोराप्रति समर्पित बर्थ–डे गीत सार्वजनिक गर्ने उनी पहिलो नेपाली स्टार हुन् ।
त्यसो त आफ्नो विवाह गोप्य राखेका गायक राजेश पायल राईले यसअघि नै आफ्नो विवाह दर्ता गरिसकेका थिए । उनले खोटाङकी युवतीसँग विवाह दर्ता गराएको प्रमाण पत्र केही समय अघि सार्वजनिक भएको थियो । सो वैवाहिक प्रमाणपत्रका अनुसार उनको विवाह खोटाङ जन्तेढुङ्गा–३ का साङ्बुङ राईसँग भएको देखिएको थियो । राजेश पायल राईको पुर्ख्यौली घर खोटाङको दिक्तेल नगरपालिकाको बुइपा हो । उनीहरु हाल काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका छन् ।
काठमाडौंबाट उनले विवाह दर्ता गराएका थिए । विवाह दर्ता गर्दा राजेश पायल ४७ वर्षका थिए भने उनकी पत्नी साङ्बुङ राई आधा उमेर भन्दा कम अर्थात २१ वर्षकी थिईन् ।
विवाह अघि देखि नै राजेशपायल र साङबुङ लिभिङ टुगेदरको रुपमा सँगै बस्दै आएका थिए । गत दशैंको महाअष्टमीमा दुवैले छोरासँग दशैंको टिका लगाएको तस्बिर श्रीमती साङबुङले सार्वजनिक गरेकी थिईन् । तैपनि आफ्नो छोरा भएको खबर गोप्य राखेका राजेशपायलले गत मँसिर २६ गते काठमाडौं महानगरपालिकाको वडा नं. ३१ मा आफनो विहे दर्ता गराएर कागज लिएका थिए । यतिबेला भने उनले छोराको जन्म दिनको अबसर पारेर शुभकामना सहितको भिडियो सार्वजनिक गरेका हुन् ।