ब्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ
चिरायु अस्पतालले आफ्नो अस्पतालमा गीत बजेबापतको रोयल्टी दिने भन्दै रोयल्टी संकलन सम्बन्धी सोमबार प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपालसँग सम्झौता गरेको छ ।
प्रस्तोता समाजका उपाध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका उपाध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो ।
प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम स्थापित संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी सँकलन गर्दै आएको छ ।