ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख
राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष एवम् लोकप्रिय गायक बिक्रम जँग शाह नेपाल सरकारको जनसेवा श्री पाँचौं अलँकार पदकबाट विभूषित भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको अबसर पारेर शुक्रबार सितल निवास महाराजगञ्जमा एक समारोहबचि अध्यक्ष बिक्रम जँग शाहलाई जनसेवा श्री पाचौं आलंकार पदकबाट विभूषित गरेका हुन् । सो समारोहमा उनी सहित विभिन्न कलाकारहरु पनि विभूषित भएका थिए ।
बिगत दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा गायकको रुपमा सक्रिय शाह काठे भाकाका लोकप्रिय गायक हुन् । गायनमा पु¥याएको योगदानबाट उनी देश विदेशमा सम्मानित भईसकेका छन् । यसपटक नेपाल सरकारबाट विभूषित हुँदा यो क्षेत्रमा लाग्न अझ धेरै उर्जा मिलेको उनले बताएका छन् । नेपाल सरकारबाट सम्मानित भएकोमा अध्यक्ष बिक्रम जँग शाहलाई ब्युटी न्युज नेपाल परिवारको तर्फबाट पनि हार्दिक बधाई ।