ब्युटी न्युज नेपाल
काठमाडौं, २९ चैत
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले नाचघरमा मँगलबार बेलुका आयोजना ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन् । उनले आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शिर्ष उपाधि चुमेकी हुन् । मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अबसर, विभिन्न उपहार पनि जितेकी छिन् ।
प्रतियोगिताको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, डा. प्रकाश पौडेल, डा. सरोज लामिछाने, ब्युटिसियनहरु बिमला रिजाल, सुष्मा रावल थिए ।
सो प्रतियोगितामा बेष्ट स्माईल सहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारीले, मोस्ट इन्टेलिजेन्ट ब्युटिसियन सहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हाँसिल गरे ।
सो प्रतियोगितामा रजनी खड्काले मोस्ट लोयल ब्युटिसियन सहित पब्लिक च्वाईस अवार्ड, गोमा खड्काले मल्टि मिडिया, बेष्ट हेयर टेक्निसियन सहित भिवर्स च्वाईसको उपाधि हाँसिल गरिन् । रजनी प्रजापतिले मस्ट कन्फिडेन्ट सहित म्यानेजमेन्ट च्वाईस अवार्ड, सरिता गोपालीले बेस्ट मेहेन्दी सहित म्यानेजमेन्ट च्वाईस अवार्ड प्राप्त गरे ।
यस्तै कविता श्रेष्ठ बेष्ट मेकअप, सँजिना सितिखुले मोस्ट सिभिलिटी, दीपा श्रेष्ठले मोस्ट फेन्ड्ली, संगीता सुवेदी अधिकारीले बेस्ट स्माईल, मन्दिरा श्रेष्ठले बेष्ट डिसिप्लिन, प्रमिला दर्नालले मोस्ट पँचुअल, बिमला श्रेष्ठले मोस्ट बब्ली र अप्सरा कटवालले मस्ट ब्युटिफुलको अवार्ड जिते । यसैगरी पुनम भट्ट साउदले बेस्ट ड्रेस र बेष्ट पर्सनालिटी अवार्ड, प्रनिशा डँगोलले बेष्ट क्याटवाक, भावना ढुँगानाले फोटोजेनिक, मन्जु गोपालीले बेष्ट नेलआर्ट, सुनिता प्रजापति मानन्धरले बेष्ट हेयर स्टाईल (जुरो) अवार्ड जिते ।
यस्तै यो प्रतियोगिताको क्रिएटिभ डिरेक्टरमा परिषी कारँजित, इभेन्ट म्यानेजमेन्टमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८की बिजेता सरिता भारती र कार्यक्रम सञ्चालकमा अश्विनी कान्त झा थिए । जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको प्रतियोगितामा १९ जना प्रतियोगी फाईनलमा पुगेका थिए ।
कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितले व्युटिसियनहरुले पनि पार्लरबाट बाहिर निक्लेर केही गर्न सकुन भनेर उनीहरुको व्यक्तित्व विकाशको लागि बिगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् । यस्तै आयोजक संस्था विलक्षण क्रियसन प्रा.लिका अध्यक्ष डब्बु क्षत्रीले नेपालमा व्युटिसियनहरु पनि अन्य पेशाका महिला भन्दा कम छैनन भनेर यो प्रतियोगिताले प्रमाणित गर्दै आएको बताए ।
कार्यक्रममा अभिनेत्री गौरी मल्लले यस्ता प्रतियोगिताले मेकअप आर्टिस्ट तथा व्युटिसियनहरुलाई अघि बढ्न प्रेरणा मिलेका छ भनिन् । बरिष्ट ब्युटिसियन डा. राज्यलक्ष्मी श्रेष्ठले नेपालमा ब्युटिसियनहरुले पनि आफुलाई निकै माथि उठाएको बताईन् ।
कार्यक्रममा गायक भरत सामरी, गायक ओम सुनार गायिक, गायिका बुनु उप्रेतीले आफ्ना गीत र भवना श्रेष्ठले नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए ।