ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन
चलचित्र पत्रकार संघ नेपालको नवौ महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । संघको बुधबार काठमाडौंमा सम्प्नन महाधिवेशनबाट अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुुल पोखरेलले उद्घाटन गरेको सो महाधिवेशनबाट संघको कार्यक्रम उपाध्यक्षमा कुबेर गिरी, संगठन उपाध्यक्षमा विजय सुवेदी र महिला उपाध्यक्षमा सुरक्षा भट्टराई निर्वाचित भएका छन् ।
यस्तै संघको महासचिवमा रघुनाथ सापकोटा निर्वाचित भएका छन भने खुला सचिवमा नवीन गिरी निर्वाचित भएका छन् । समावेशी सचिव तर्फ उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्कीले बिजयी हाँसिल गरेको सो अधिवेशनमा सहकोषाध्यक्षमा मनिष अञ्जान दाहाल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै संघको केन्द्रिय पदाधिकारी सदस्यहरुमा सुरेन्द्र थापा, सीपी जैसी, अर्जुन गुरागाईं, अनुप भट्टराई, निशा बजगाईं, कृष्ण पाण्डे, महिला सदस्यमा सुष्मा कार्की र समावेशी सदस्यमा महम्मद जलिम निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीको कार्यअवधि तीन वर्षको रहने छ ।