ब्युटी न्युज नेपाल
काठमाडौं ५ फागुन
लामो समयदेखि बिदेशमा बसेर पनि नेपाली गीत सँगीत सृजनामा सक्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले यतीबेला आफ्नो स्वरमा नयाँ गजल गीत ’अचानक…’ दर्शकमाझ ल्याएका छन् । वरिष्ठ गीतकार डा. कृष्ण हरि बराललृे लेखेको यो गजलमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । जसमा राजु कार्कीको संगीत संयोजक छ ।
परियारको यो गजलको भिडियो बिहीबार काठमाडौंको मैतीदेवीस्थित डोरी रेष्टुराँमा एक समारोहबचि बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले सार्वजनिक गरेका छन् । यो गजलको भिडियो कन्हैयासिंह परियारको युटुव चयानलबाट रिलिज गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले गजल गीतको प्रसंशा गरे । हालै नातिकाजी राष्ट्रिय सम्मानबाट सम्मानित गायक कन्हैयाले छोटो समयको नेपाल बसाईमा बिगत झैं यसपटक पनि राम्रो गीत श्रोता दर्शकलाई पस्किन सफल भएको बासकोटाले कार्यक्रममा बताए । गजलमा कन्हैयाको गायकीको बासकोटाले खुलेर प्रसँसा गरे । बिदेश बसेर पनि यसरी नेपाली गीत संगीतमा कन्हैया जस्तो योगदान दिने नेपाली कलाकार कमै भएको उनले बताए ।
आफुहरुले पाँच दिनमै रेकर्ड गरेर भिडियो बनाई यसलाई दर्शकमाझ ल्याएको भए पनि तीन वर्षको मेहनतपछि यो गजल संगीत पारखीमाझ आउन सफल भएको उनले बताए । गजलकार डा. कृष्णहरि बरालले आफ्नो गजललाई गायक कन्हैयाले सोचेको भन्दो राम्रो बनाएको बताए । उनले म्युजिक भिडियोको पनि खुलेर प्रसँसा गरे ।
यो भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । सेट बनाएर छायाँकन गरिएको यो भिडियो क्लासिक स्टुडियो अबधारयाामा तयार गरेको पनि बिष्टले बताए । यो गजलको भिडियोमा अभिनेता गजित विष्ट र मोडल अञ्जली अधिकारीको अभिनय छ । उनीहरुको काम राम्रो देखिएको छ । गायक कन्हैया यो गजलको भिडियोमा सुत्रधार जस्तै देखिएका छन् ।
गोदावरीमा छायाँकन गरिएको यो भिडियोको लोकेशन सेटअपमा नि निर्देशक बिष्टले त्यत्तिकै मेहनत गरेका छन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । जसमा छायांकन बुद्ध थापाको, सम्पादन नबिन निरौलाको छ ।