रमेश बुढाथोकी लगायतका कलाकार प्रदेश १ चलचित्र ताराबाट सम्मानित


ब्युटी न्युज नेपाल
इटहरी, १२ फागुन

’प्रदेश १ चलचित्र तारा’ बाट बरिष्ट चलचित्र निर्देशक तथा अभिनेता रमेश बुढाथोकी सम्मानित भएका छन् । नेपाली चलचित्र क्षेत्रमा करिब चार दशक लामो समयदेखि योगदान पुर्याएको भन्दै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको ’इनरुवा उत्सव चलचित्र महोत्सव’मा बुढाथोकीलाई सम्मानित गरिएको हो । प्रदेश १ मा जन्मिएर यहाँको नाम उच्च राखेको र चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै निर्देशक अभिनेता बुढाथोकीसँगै अभिनेत्री मिरुना मगर। अग्रज कलाकार हेमन्त बुढाथोकी, पुष्प श्रेष्ठ, वरिष्ठ गायक रामा मण्डल, चलचित्र निर्माता ज्योतिराज राईलगायतलाई, ’प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित गरिएको हो ।

महोत्सवको अन्तिम दिन पनि अन्य ब्यक्तित्वहरुलाई ’प्रदेश १ चलचित्र तारा’ बाट सम्मान गरिने आयोजक संस्था नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले बताए ।

सुनसरी सदरमुकाम इनरुवा अवस्थित शान्ती चोकमा केही फरक र बृहत् तवरले आयोजना भैरहेको महोत्सव २ भागमा दिउँसो १२ बजेदेखी राती १० बजेसम्म संचालन भैरहेको छ । एकातिर ’इनरुवा उत्सव’ अन्तर्गत इनरुवाको कला प्रवर्द्धन, प्रस्तुती, प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम भैरहेको छ ।

लचित्र महोत्सव अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ ओटा चलचित्रहरु निःशुल्क प्रदर्शन भएका छन् । ’चलचित्र महोत्सव’ अन्तर्गतका १८ चलचित्रहरु भने प्रदर्शन भैसकेका छन् । यता प्रजातन्त्र दिवास अर्थात फागुन ७ गतेबाट सुरुभएको इनरुवा उत्सव भने फागुन १७ गतेसम्म चल्नेछ ।

दिउँसो विभिन्न प्रतियोगिताहरु भैरहेका छन् भने साझ साङितिक कार्यक्रम भैरहेको छ । साझको कार्यक्रममा लोकप्रिय कलाकारहरूको प्रस्तुती भैरहेका छन् ।