चलचित्र विकाश बोर्डका अध्यक्षलाई कलाकार संघको ८ बुँदे स्पष्टिकरण माग


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ फागुन

नेपाली चलचित्रसंग सम्बन्धित कुनै पनि संघ संस्थासँग सामान्य छलफल नै नगरी चलचित्र विकाश बोर्डले नेपाली सिनेमा फेस्टाको नाममा दुवईमा ३० लाख रुपैयाँ राज्यको ढुकुटीबाट सकेको छ । बोर्डका अध्यक्ष सहितका पदाधिकारी, कर्मचारी र अध्यक्षका नजिकका मान्छेहरु दुवईमा एक हप्ते बसेर यो साता काठमाडौं फर्केका छन् ।

एउटा नीजि कम्पनीलाई बोर्डले ठेक्का दिएको सो फेस्टा अहिले निकै विवादमा छ । बोर्डको सल्लाहकारले फेस्टाको मुखमा आफ्नो पदबाट राजिनामा दिईसकेका छन् । यसैबीच चलचित्र विकाश वोर्डले आयोजना गरेको भनिएको नेपाली सिनेमा फेष्ट २०२३ संम्वन्धमा नेपाल चलचित्र कलाकार संघको ध्यन आकृष्ट भएको छ । यसै बिवादबारे नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति जारी गर्दै विकाश बोर्डसँग यसरी स्पष्टीकरण मागेको छ ।

‘नेपाली चलचित्रको विकाश र विस्तारकालागि यस प्रकारका आयोजना गरिनु स्वागत योग्य कुरा हो । तर यस प्रकारका आयोजनाले नेपाली चलचित्र र चलचित्रकर्मीको विकाश विस्तारमा के कस्तो प्रभाव छोड्छ र यस्को दिर्घ कालिन असर चलचित्र क्षेत्रमा कस्तो पर्छ त्यो महत्वपुर्ण मात्र होइन चलचित्र उद्मोगको गरिमामा कति असर पर्छ त्यो मनन योग्य हुन आउछ ।दुवइमा संम्पन्न भएको फेष्टाले निम्न प्रश्नहरु जन्माएको छ ।’

१) प्रर्दशन गर्ने चलचित्रको सहभागिताको लागि सार्वजनिक सुचना जारी गरी सहभागिता जनाउन के कस्तो प्रकृया अपनाइएको थियो वा थिएन ?

२) सुचना जारी वोलपत्रको आव्हान गरेर नीजी कम्पनी संग सहकार्य गरिएको हो वा होइन ?

३) वोर्डका पदाधिकारी, कर्मचारी, गैर कलाकार र परिवारलाई टोलीमा समाविष्ट गरिएको हो वा होइन ?

४) सरकार आयोजक भएको कार्यक्रममा नीजी अवार्डको घोषणा भएको हो वा होइन ?

५) संघ सस्था तथा चलचित्र क्षेत्रको विशिष्ठ व्यक्तिलाइ वे वास्ता गरिनु सहभागि नगराइनु ?

६) आयोजना अगाडी वोर्डका सल्लाहकारहरुले राजिनामा गरिनु ?

७) प्रचार गरिएका चलचित्र सहभागी नहुनु ?

८) सरकारी आयोजनाको कार्यक्रममा चलचित्रको टिकट विक्रि वितरण गरिनु ?

मथि उल्लेखित वुदाहरुलाइ लिएर नेपाल सिनेमा फेष्ट २०२३ को औचित्य पुष्टी गर्न विकाश वोर्डलाइ विनम्रता पुर्वक यो वक्तव्य मार्फत अनुरोध गर्न चाहन्छौ भनेर महासचिब सिंहले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । चलचित्र विकाश बोर्डले यसको जवाफ कहिले दिन्छ भन्ने पर्खाइमा यतीबेला कलाकार संघ रहेको छ ।