राजनीतिक सेरोफेरोमा निर्मित छक्का पञ्जा ४ को ट्रेलर ट्रेन्डिङमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ फागुन

यही १९ फागुनबाट देशव्यापी रिलिज हुने भनिएको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर शुक्रबार रिलिज भएको हो । रिलिजको २४ घन्टा नहुँदै यो ट्रेलर युट्युव नेपालको ट्रेन्डिङमा पहिलो नम्बरमा आयो । यस अघि यही फिल्मको गीत दर्शन सलाम पनि एक साताभन्दा लामो समय ट्रेन्डिङमा पहिलो नम्बरमा रहेको थियो ।

‘छक्का पञ्जा ४’ को ३ मिनेट २० सेकेन्डको ट्रेलरमा राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको छ । बिग्रेको छोराले बुबाको राजनीतिक विरासत थाम्दा आईपर्ने समस्यालाई ट्रेलरमा देखाईएको छ । नीर शाह यसमा पिताको भूमिकामा र दीपकराज गिरी (राजा) छोरा तथा युवा राजनीतिज्ञको भूमिकामा छन् । राजनीतिको आडमा हुने गुन्डागर्दीले राजाले अँगालेको ट्रेलरमा देखाईएको छ । यो फिल्म पूर्ण राजनीतिक बिकृतिमा केन्द्रित रहेको ट्रेलरले जनाउँछ ।

दीपकराज गिरीसँगै बेनिशा हमाल, मलिना जोशी, नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी, पुष्कर गुरुङ, बिष्णु सापकोटालगायतको पनि अभिनय रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ ।

दीपक शर्माको संगीत रहेको गीत दर्शन सलामले अहिले यो चलचित्रको उचाई बढाएको छ । ट्रेलरले फिल्म अझ ससक्त भएको देखाएको छ । छक्का पञ्जाका बिगतका ३ सृँखला जस्तै यसबाट पनि राम्रो व्यापारको आस गर्न सकिन्छ ।

आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।