उपराष्ट्रपति पुनबाट विभिन्न कलाकर्मी सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं ४ फागुन

‘तारकेश्वर राष्ट्रिय व्यक्तित्व तथा कलाकार सर्जक सम्मान कार्यक्रम २०७९’ मा कलाकर्मी, पत्रकार लगायतका ब्यक्तित्वहरु सम्मानित भएका छन् । उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा उपराष्ट्रपति निवासमै आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।

तारकेश्वर कला प्रतिष्ठान तथा ब्राण्ड यू पिक्चर्स प्रा.लि.को आयोजनामा हाँस्य सिरियल ‘अब जे होला होला’ को सफलता पुर्वक ५१ औं भाग पुरा गरि ५२ औं भाग प्रवेश गरेको अवसरमा सो सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालकी प्रथम अभिनेत्री भुवन चन्द, बरिष्ट कलाकारहरु वसुन्धरा भुसाल, चैतन्य देवि, लय संग्रौला, मोहन निरौलासम्मानित भए । यस्तै कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष नवल खड्का, प्रबिधिक संघका अध्यक्ष पुष्कर लामा पनि सम्मानित भए ।
कार्यक्रममा पत्रकारहरु पत्रकार सानुकाजी श्रेष्ठ, कृष्ण भुसाल, किरण अधिकारी, कुवेर गीरी, गीता अधिकारी, दिपज्योति थापा पनि सम्मानि भए ।

यस्तै चलचित्र निर्देशक माधव राज खरेल, पे्रम शर्मा पौडेल, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, संगीतकार ओम सुनार, निर्देशक शोभित वस्नेत, कलाकारहरु सुवास गजुरेल, श्याम कुमार मिश्र, मुकुन्द मैनाली, चलचित्र छायाँकार कृष्णबहादुर थापा, निर्देशकहरु रामकाजी घिमिरे, निरेन श्रेष्ठ, देवेन्द्र पाण्डेलगायतका ब्यक्तित्वहरु सम्मानित भएका थिए ।

सो सम्मान कार्यक्रमको आयोजक संस्थाका अध्यक्ष उत्तम केसीको सभापतित्वमा सम्पन्न भएको हो । ग्लोवल टिभिबाट प्रसारण हुदै आएको सिरियल ‘अब जे होला होला’का कथा, परिकल्पना उत्तम केसी हुन् भने निर्देशन उत्सव केसीको रहेको छ ।