ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नाट्यकर्मी निशा शर्मा नियुक्त भएकी छिन् । मन्त्री परिषदले उनी सहित विभिन्न संगीत तथा नाट्यकर्मीलाई समेटेर नयाँ परिषद पदाधिकारी नियुक्त गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा यस प्रतिष्ठानको कूलपतिमा नाट्यकर्मी निशा शर्मा नियुक्त भएकी छन् । यस्तै प्रतिष्ठानको उपकूलपतिमा गायक शम्भु राईलाई नियुक्त गरिएको छ । यसैगरी प्रतिष्ठानको सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।
प्राज्ञ परिषद सदस्यहरूमा कर्ण बहादुर गौतम, बखत बहादुर हमाल, डक्टर राई, हिसन बहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त भएका छन् । यी पदाधिकारी सहित प्रतिष्ठानमा २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।
संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाला प्रचण्डले प्रज्ञाप्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् । नयाँ कार्यसमितिले बिहिबार नै नियुक्त पत्र लिएर प्रतिष्ठानमा हाजिर गर्ने बताईएको छ ।