चलचित्र पत्रकार संघ कास्कीमा नयाँ नेतृत्व, राजाराम र रेम पुरस्कृत


ब्युटी न्युज नेपाल
पोखरा, २८ माघ

प्रभु अधिकारीको अध्यक्षतामा चलचित्र पत्रकार संघ नेपाल कास्कीमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शनिबारसम्पन्न पाँचौं अधिवेशनबाट अधिकारी अधिकारी अध्यक्षमा चयन भएका हुन् ।

यस्तै संघ उपाध्यक्षमा अर्पण तिवारी, सचिव सन्तोष बस्याल, सहसचिव शंकर तिवारी, कोषाध्यक्ष सुरक्षा श्रेष्ठ चयन भए । केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र सुशान्त घिमिरे चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा वीनिता सुनार, सुरेश सुनार, एलिजा क्षत्री, राकेश गुरुङ, सुदीप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी सर्वसम्मतले चयन भएका छन् ।

निर्वाचनका लागि संघका केन्द्रीय उपाध्यक्ष कुवेर डंगोलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । सदस्यमा संघका सल्लाहकार जितेश प्रधान, निर्देशक घनश्याम लामिछाने थिए ।

संघको केन्द्रीय उपाध्यक्ष कुवेर डंगोलको संयोजकत्वमा भएको सो निर्वाचनमा निर्वाचित कार्यसमितिलाई पोखरा शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारबाट रेम विक (वर्ष २०७८) र राजाराम पौडेल (वर्ष २०७९) सम्मानित भए । उनीहरुलाई नगद २५ हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा कलाकार माओत्से गुरुङलाई सम्मान गरेको छ ।