ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ
नेपाली चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । यो चलचित्रलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् । जनकपुरधामको राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेर शुक्रबारबाट यो चलचित्रको छायाँकन सुरु गरिएको हो ।
यो चलचित्रमा विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहने निर्देशक थापाले बताएकी छिन् । अडिसनबाट समेत उपयुक्त पात्र नभेटेपछि यसमा धिरजलाई नायक लिईएको हो । जसमा धिरज र सुहाना जोडी बनेर प्रस्तुत हुँदैछन् ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता सुनिल कुमार थापा हुन् । यो चलचित्रको छायाँकन जनकपुर, काठमाडौँ र मनाङमा गरिने भएको छ । जनकपुरमा क्लाईमेक्स छायाँकन सम्पन्न गरेपछि युनिट काठमाडौं आउने छ ।
यो चलचित्रको छायाँकारमा संजय लामा, कोरियोग्राफरमा रामजी लामिछाने, सम्पादकमा शाहील खान रहने छन् । यो चलचित्रलाई त्रिनेत्रम डिष्ट्रिब्युसनले मोफसलमा र काव्या फिल्म्सले काठमाडौंमा वितरण गर्ने भएको छ ।