ब्युटी न्युज नेपाल
काठमाडौं, ५ पुस
अग्रज चिकित्सक एवम् गीतकार/गायक डा.भोला रिजालले आफ्नो रचनामा नयाँ गीत ‘केही छिनको मस्तीले…’ को भिडिओ दर्शकमाझ ल्याएका छन् । ‘लागू पदार्थ दुर्व्यसनी रहित समाज निर्माणका लागि सम्पूर्ण विश्वभरिका मानव जातिहरु एकजुट बनौँ’ भन्ने नारा सहित गीतकार रिजालकै आधिकारिक युट्युब च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको छ ।
मुलत तन्नेरी पुस्ता केही छिनको मस्तीमा लागू औषधको लतमा फस्ने गरेका छन् । यसले परिवार र समाजमा निम्त्याउने बिकृति बिसँगति र अपराधिक गतिविधिलाई रोक्न र लागू औषधको दूव्र्यसनीबाट बच्न यो गीत र भिडियोले प्रेरणा दिन्छ ।
यो गीतमा मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको छ । यो गीतमा स्वरूपराज आचार्य, हिमाल सागर, रिमा गुरुङ र विष्णु चेम्जोङले स्वर दिएका छन् ।
यो गीतको भिडियोलाई सम्पादक बीरेन्द्र भाट विपिनले क्रियटिभ निर्देशन गरेका हुन् । उनले लागू औषध दुव्र्यसनीहरुरुको समस्या र त्यसबाट बच्ने उपायलाई निकै राम्ररी भिडियोमा उतारेका छन् । भिडियोमा वीरेन्द्र भाट विपिनकै छायाँकन र सम्पादन पनि रहेको छ ।
याम गुरुङको निर्देशन रहेको यस म्युजिक भिडिओमा सञ्चिता लुइँटेल, कृष्णभक्त महर्जन, रमेश सोडारी, जङ्गमणि घिमिरे, वसन्तराज कुँवर, सरला रिजाल, नानीमैया अधिकारी, खेम बा, पारस पौडेल, रोशनी सुवेदी, लक्ष्मण खड्का, एभन घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन् ।