इनास अमेरिकाद्धारा विभिन्न कलाकार सम्मानित तथा पुरस्कृत


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मँसिर

प्रवाशमा रहेका कलाकारहरु पनि त्यहाा विभिन्न साँस्कृतिक कार्यक्रममा सक्रिय हुने गरेका छन् । यसैक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाले २६ नोभेम्बरमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक साँझ २०२२ नामक कार्यक्रममा सफलतापूर्वक सम्मान गरेको छ । अमेरिकामा रहेर पनि कला ,संगीत,साहित्य ,समाजसेवा ,खेलकुद ,पत्रकारिता लगायत विभिन्न क्षेत्र बिशेष योगदान पु¥याउने विभिन्न ब्यक्तिहरुलाई कार्यक्रममा सम्मान गरिएको छ ।

इनास अन्तर्राष्ट्रियकी उपाध्यक्ष सावु गदाल कार्कीले सो कार्यक्रम उदघाटन गरेकी थिइन् । सो कार्यक्रममा सम्मानित हुने ब्यक्तित्वहरुमा साहित्यकार होमनाथ सुबेदी,गायिका सपना श्री, चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्त, सामाजिक अभियन्ता डा. श्याम कार्की, डा. बिष्णुमाया परियार, खेलाडी बिना खड्का लामा तथा ईनेप्लिजका पत्रकारद्वय विश्वराज थापा र बिजय थापा रहेका थिए ।

यस्तै प्रोत्साहन स्वरुप नया पुस्ताबाट द भ्वाइसकी प्रतियोगी इनास मेरिल्याण्डकी युवा सदस्य परिजिता बास्तोला, थुप्रै संगीत भिडियोमा अभिनय गरेका बाल मोडल तथा अभिनेता सम्राट दाहाल, भ्वाइस अफ नेपालको प्रतिस्प्रद्धामा सहभागी भएका इनास केन्टकीका सदस्य प्रनिम राईलाई पनि प्रोत्साहन पुरस्कारबाट कार्यक्रममा पुरस्कृत गरियो ।

सम्मानित हुनेहरु मध्ये उपन्यासकार रसाहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास )को संस्थापक होमनाथ सुबेदी तथा अमेरिकामा ५० बर्ष अगाडी देखि बस्दै आउनु भएका नेपाली तथा अमेरिकी बिभिन्न संघर संस्थामा समेत आबद्ध भै सेवा गरी नेतृत्व लिई सक्नु भएका डा श्याम कार्कीलाई पनि सम्मान गरिएको छ ।

यसै गरि दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक जिताउने नेपालको पूर्व उशु खेलको राष्ट्रिय खेलाडी तथा सामाजिक अभियन्ता बिना खड्का लामा तथा न्यूयोर्कमा बस्दै आउनु भएकी चर्चित गायिका सपना श्री पनि सम्मानित भएका छन् । समाजसेवी तथा बाना कि पूर्व अध्यक्ष तथा चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्तलाई पनि बिशेष सम्मान गरिएको छ । चलचित्र लक्का जवानको निर्मात्री तथा बिदेशी भूमिमा रहेर पनि नेपाली चलचित्रको क्षेत्रलाई माथि उठाउन अनसुयाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

यसै गरि न्यू जर्सीकी डा बिष्णु माया परिवारलाई पनि सम्मान गरिएको छ । उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा संलग्न भै सकेकी छिन । डा विष्णुमाया परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको पाठ्यक्रम प्रकाशकको पुस्तकमा समेत समावेश गरि सकेको छ । डा. परियारले घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध पहुँच (आउटरिज) संयोजक रुपमा काम गर्दै आएकी छिन् । दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी नगर प्रमुखका सल्लाहकार समितिमा रहेर समेत काम गरेकी छिन ।

हाल उनी जर्सी सिटी–शहर)को रोजगारी र तालिम समितिमा समेत सदस्य छिन् । विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भै सकेकी डा. परियारकोलाई विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।

यस्तै ईनेप्लिज डट कमका पत्रकारद्वय विश्वराज थापा र बिजय थापालाई पनि कार्यक्रममा पत्रकारिता सम्मानबाट सम्मानित गरियो । समुदायका हरेक गतिविधि, अमेरिकी मूलधार र विश्व समाचारलाई समेत समेट्दै समुदायलाई सु–सूचित गर्दै आएको योगदानको कदरस्वरुय यी दुईलाई सम्मान गरिएको कार्यक्रममा बताईयो ।

अग्रजलाई सम्मान,बालबालिकालाई प्रोत्साहन भन्ने मूल नाराका साथ कलाकारहरुको अन्तरराष्ट्रिय सन्जाल इनासले इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्मानसँगै विविध साँस्कृति कार्यक्रम प्रस्तुत सहित सम्पन्न गरेको छ ।

सो कार्यक्रममा अहिलेका पुस्तबाट पुरस्कृत भएका मध्य परिजिता बास्तोला भ्वाईस अफ अमेरिकाको प्रतिस्प्रद्धामा छिन् । सोहीकारण उनका पिता पंकज बास्तोलाले छोरीको तर्फबाट पुरस्कार ग्रहण गरेका थिए । प्रमुख अतिथि सावु गदाल कार्कीले सम्मानित हुने सबैलाई सम्मान पत्र वितरण गरेकी थिइन् ।

सम्मानितहरुलाई एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ, इनास मेरिल्याण्डका अध्यक्ष सृजन ताम्राकार,केन्टकी इनासका अध्यक्ष अर्जुन थापा, बानाका अध्यक्ष सुबोध पन्तलगायतले दोसल्ला ,रुद्राक्षको माला र ताम्रपत्रबाट सम्मान गरे । कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरुको संक्षिप्त परिचयसँगै सम्बन्धित क्षेत्रमा उनीहरुको योगदानबारे प्रकाश पारियो । कार्यक्रमको आकर्षण नै पन्चे बाजा रहेको थियो भने प्रवेशद्वार देखि नै टोलीले बाजा बजाउदै कार्यक्रमस्थल प्रवेश गरेको थियो ।

कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष कन्हैया सिंह परिवारले स्वागत मन्तब्य राख्दै आफुहरु जहाँ रहे पनि एकिकृत भएर नेपाली गीत संगीत, कला संस्कृतिको प्रवर्धनमा लागिरहने बताए । सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाल, नेपाली चलचित्रका अभिनेत्रीहरु मेलिना मानन्धर, उषा पौडेल, सारङ्गा श्रेष्ठ, ऋचा घिमिरे, अरुणा लम्साल, अभिनेता मुकेश ढकाल, अभिनेता रमित ढुँगानालगायत थुप्रै कलाकारहरुको उपस्थिति थियो ।

कार्यक्रम संचालन इनास अमेरिकाका महासचिव राहुल केसीले गरेका थिए । यस्तै सांस्कृतिक कार्यक्रमको संयोजन पत्राकार सन्देश कुमार खड्काले गरेका थिए । सांस्कृतिक कार्यक्रममा दुई दर्जन गीत संगीत तथा नृत्य प्रस्तुत गरियो । गायक यम बरालको गायन कार्यक्रमको विशेष आकर्षण थियो । यस पटक पन्चे बाजामा दोहोरी गीत समेत प्रस्तुत गरिएको थियो । यस्तो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने इनाश अमेरिकाले कार्यक्रममा जनाएको छ ।