ताप्लेजुङबाट एमालेका योगेश र पूर्व रुकुम १ बाट माओबादीका पूर्णबहादुर बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मँसिर

प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका योगेश कुमार भट्टराईले ताप्लेजुङ १ बाट बिजय प्राप्त गरेका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा माओबादीका खेलप्रसाद बुढाक्षेत्रीलाई हराउँदै योगेशले विजय हाँसिल गरेका हुन् ।

योगेशले २१ हजार ९४३ मत प्राप्त गरी बिजय हाँसिल गरेका हुन् । माओबादी केन्द्रका खेलप्रसादले २१ हजार ७३५ मत प्राप्त गरेका छन् । यस अघि संस्कृति मन्त्री समेत भएका योगेश एमालेको युवा पुस्ताका नेता मानिन्छन् । उनले २०७४ सालमा पनि ताप्लेजुङबाटै सँसदीय निर्वाचनमा बिजय हाँसिल गरेका थिए ।

यसैगरी नेकपा माओबादीको पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्व १ बाट प्रतिनिधि सभा सदस्यमा बिजय हाँसिल गरेका छन् । उनले सो ठाउँबाट १२ हजार २६२ मत ल्याई बिजय हाँसिल गरेका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कैलाश कुमार मल्लले ५ हजार २११ मत प्राप्त गरेका छन् ।