ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मंसिर
गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका गोकर्ण बिष्ट बिजयी भएका छन् । आफ्नो प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पछि पार्दै गोकर्ण निर्वाचित भएका हुन् ।
सो क्षेत्रबाट बिजयी भएका गोकर्णले २८ हजार ४८५ मत ल्याएका छन भने एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन् ।
नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले यसअघि गुल्मी२ बाट चार चुनाव लडेर तीन वटामा विजयी भएका थिए । यो पाँचौं निर्वाचनमा पनि उनी बिजयी भएका छन् ।