वाँके २ बाट राप्रपाका धवल शमशेर र अक्षाम १ बाट एकीकृत समाजबादीका शेरबहादुर बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मंसिर

बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबराले जितेका छन् । यो जितसँगै राप्रपालाई प्रतिनिधि सभामा पहिलो सिट यसपटक प्राप्त भएको छ ।

धवलले २९ हजार ५७७ मतका साथ विजय हाँसिल गरेका हुन भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत र नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाएका छन ।

यस्तै यसपटकको प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका तर्फबाट पहिलो बिजेताको रुपमा अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले बिजय हाँसिल गरेका छन् । उनी १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् ।

यस्तै कुँवरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत र स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत हाँसिल गरेका छन् ।