ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मंसिर
प्रतिनिधि सभाको यसपटकको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी र पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल बिजयी भएका छन् । आज बिहान प्राप्त परिणाम अनुसार थानीले ३४ हजार ६२५ मत ल्याई बिजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत कुमार बीसीले २९ हजार ५५८ मत प्राप्त गरे ।
थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित निकालेका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी हाँसिल गरेका छन् । उनी त्यहाँबाट यो सहित ७ औं पटक उम्मेदवार बनेका हुन । रिजालले ३१ हजार १४२ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए ।