३० लाखमा गायक आशिष सचिन अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ कात्तिक

पप गीतमा नेपालको सर्वाधिक भ्युज पाउन सफल गायक गायक आशिष सचिन वार्षिक ३० लाख रुपैयाँमा ओएसआर डिजिटलमा अनुबन्धित भएका छन् । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावरका गायक आशिषलाई यही भिडियो प्रस्तुत गरेको कम्पनी ओएसआर डिजिटलले मँगलबार काठमाडौंमा एक समारोहबीच अनुबन्धित गरेको हो ।

गायक आशिषका दारी फुल्यो सहित एक कान दुई कान मैदान…, गलबन्दी पछ्यौरी…, ए मुना…सहित थुप्रै हिट गीत श्रोता माझ छन् । उनलाई एक वर्ष भित्र ओएस आरका लागि ८ वटा गीत गाउनु पर्ने र ती गीतमा मोडलिङ पनि गर्नु पर्ने सर्तमा अनुबन्धित गरिएको सो कम्पनीका अध्यक्ष ओम अग्रवालले बताए ।

आफुले पछिल्ला सयम ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याएको र थप ८ वटा गीतमा अनुबन्धित गरेकामा खुसी लागेको गायक आशिष सचिनले कार्यक्रममा बताए । गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो छमक छमक तेरी पाउजुले राम्रो चर्चा पाएको छ ।

अनुबन्धित समारोहमा अग्रवालले भने,‘हामीले आशिषजीको गीत दारी फुल्यो…युट्ुवमा राखेका थियौैं र यो गीतले अहिलेसम्म गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) भ्युज युट्युवमा पाईसकेको छ ।’ देश बिदेशमा आशिष सचिनको माग रहेका कारण आफुहरुले ८ वटा गीतमा उनलाई अनुबन्धित गरेको पनि अग्रवालले बताए ।

सम्झौता अनुसार गायक आशिष सचनिले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण ८वटा गीत गाउनु पर्ने छ । साथै ओएसआरको विज्ञापनका सामाग्री र म्यूजिक भिडियोमा पनि आशिषले काम गर्नु पर्ने छ ।