दर्शकले रुचाए चलचित्र के घर के डेरा


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ कात्तिक

शुक्रबार (आज)बाट नयाँ हास्यप्रधान चलचित्र के घर के डेरा रिलिज भएको छ । तिहारको शुभकामना लिएर आएको यो चलचित्र शुक्रबार बिहान सबैतिर हाउसफुल भएको यसको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्र मुलुकका एक सय भन्दा बढी पर्दामा रिलिज भएको पनि पनि निर्देशक खनालको कथन छ । चलचित्रले सन्देशसँग दर्शकलाई पूर्ण मनोरञ्जन दिईरहेको पनि उनले बताए ।

यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रले निकै राम्रो प्रतिक्रिया र मायाँ पाएको निर्देशन खनालले ब्युटी न्युज नेपाललाई जनाएका छन् । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

यो चलचित्रमा लामो समयपछि दयाहाङ राई र विपिन कार्कीले स्क्रिन शेयर गरेका छन् । यस अघि यी जोडीले चलचित्र छड्केमा काम गरेका थिए । चलचित्र के घर के डेरामा दयाहाङ राई, विपिन कार्कीसँगै सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षत्री, भोलाराज सापकोटा, घनश्याम जोशी सहितका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रमा घर हुने र डेरामा बस्नेतहरुबीचका भिन्नता र समस्यालाई यो चलचित्रमा उठान गरिएको निर्देशक खनालले बताएका छन् । डेरामा बस्नेताहरुले भोग्नु परेको सास्तीलाई अझ सिनेमामा महत्वका साथ उठाईएको पनि उनले जनाएका छन् ।