चलचित्र कौसिद पुष १५ मा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ असोज

नेपाली चलचित्र ‘कौसिद’को प्रदर्शन तिथि तय गरिएको छ । बड पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने निर्माण पक्षले घोषणा गरेको छ ।

चलचित्रको प्रस्तुतकर्ता अभिनेत्री ऋचा शर्मा हुन् । उनको यो चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

यो चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन् । चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ ।

चलचित्रको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ। केहि समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र बिबिध प्राबिधिक कारणले रिलिज पोस्टपोन्ड गरिएको थियो ।

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रले अहिलेको समय र परिस्थितको बास्तबिकता चित्रण गरेको छ ।