ब्यूटी न्यूज नेपाल
काठमाडौं, ७ असोज
काठमाडौं । ‘म्यानहन्ट नेपाल २०२२’ बिकल्प राज श्रेष्ठ फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार मध्यान्न त्यसतर्फ उठेका हुन् ।
श्रेष्ठलाई प्रतियोगीतामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताज सहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो ।
इन्टरटेनस ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपाली प्रतिनिधि पठाउने नेपालको आधिकारीक संस्था हो । यसले २००३ बाट यो प्रतियोगीतामा नियमित प्रतिनिधि पठाउँदै आएको ग्रुपअफ इभेन्ट इन्टरटेनस सिइयो अनुप सेक्सनाले बताए ।
४० बिभिन्न राष्ट्रका प्रतिनिधिले सहभागीता जनाउने प्रतियोगीता श्रेष्ठ नेपालको एक्लो सहभागी हुन् । बिषेश गरेर मोडलिङ बिधालाई फोकस गर्ने ‘म्यानहन्ट इन्टरनेशन’ ले यसपटक सुपर मोडल भनेर विजेता छान्दैछ । यो पुरुषहरु सहभागीता रहने प्रतिस्ठित अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता पनि हो ।
यस अगाडि नेपालबाट यो प्रतियोगीतामा प्रशान्त ताम्राकार, अनुप बिक्रम शाही लगायतले समेत सहभागीता जनाएका थिए । २०१७ मा मिस्टर कलेज चितवन जितेका बिकल्पले २०१८ मा मिष्टर नेपालको उपाधि हात पारेका थिए ।