ब्युटी न्युज नेपाल
काठमाडौं, १८ भदौ
नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का चयन भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाबाट निर्माता नवल खड्का अध्यक्षमा निर्विरोधरुपय चयन भएका हुन् । सो साधारण सभाबाट तीन वर्षका लागि संघको सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् । संघको महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा निर्माता उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए ।
यसैगरी संघको कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, माओत्से गुरुङ, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चयन भएका हुन् । संघको विधान अनुसार बुधबार नै उम्मेदवारी माग गरिएकोमा उम्मेदवारी दिएका नयाँ पदाधिकारीहरु निर्विरोध चयन भएका हुन् ।
उनीले शनिबारको १६ औं साधारण सभामा सपथ ग्रहण सहित आफ्नो पदभार ग्रहण गरेका छन् । साधारण सभाको शनिबार सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरे । उनले नयाँ कार्यसमितिलाई बधाई दिए ।
अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र उधोगलाई राष्ट्रिय उधोगको रुपमा मान्यता दिलाउन आफु सफल भएको बताए ।