संगीतकर्मी संघद्धारा तीज कार्यक्रम सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, १० भदौ

नेपाल नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसर पारेर राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिले ‘तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम – २०७९’ आयोजना गरेको छ । संघका केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहको अध्यक्षता सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी थिईन् । कार्यक्रममा संघका महिला कलाकारहरुलाई दर खुवाउने कार्य सम्पन्न गरियो ।

नेपाली नारीहरुको महान चाड तिजको अबसरमा नाचगान सहित दर खाने कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष बिक्रम जँग शाहले बताए । यस्तो कार्यक्रमले महिला कलाकारहरुमा अझ प्रेरण मिल्ने उनको कथन थियो । उक्त कार्यक्रममा गीत संगीतको लागि नेपाल सरकारबाट सक्दो सहयोग गरि कलाकारहरुको हकहितको लागि काम गरिदिन केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहले अनुरोध गरेका थिए ।

कार्यक्रममा मन्त्री उमा रेग्मीले सबैलाई तीजको शुभकामना व्यक्त गर्दै नारीहरुले सबैतिर अधिकार पाउनु पर्ने आबाज उठाईन् ।

कार्यक्रममा सांसद माननीय लक्ष्मी परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि कार्यबाहक अध्यक्ष रिता थापा मगर, प्रकाश कटुवाल, सरोज लामिछाने, प्रतिमा अर्याल लगायत थुप्रै कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको संयोजक उमा श्रेष्ठ रहेकी थिइन् भने केन्द्रिय महासचिव अमृत खातिले कार्यक्रम सञ्चालन गरेका थिए । विभिन्न कलाकारहरुले कार्यक्रममा आफ्नो चर्चित तीज गीत प्रस्तुत गरेर कार्यक्रमलाई तीजमय तुल्याएका थिए ।