ब्युटी न्युज नेपाल
केन्टकी, १८ साउन
अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा अमेरिकामा रहेको चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरु बीच बृहत भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पहिलो पटक आयोजना गरिएको सो भेलामा अमेरिका बसेर नेपाली चलचित्रको विकाश र बिस्तारमा कसरी सहयोग पुर्उयाउने भन्ने बारे छलफल गरिएको छ । अमेरिकाको विभिन्न राज्यहरुमा यत्र तत्र छरिएर रहेका नेपाली चलचित्रकर्मीहरुको भेटघाट कार्यक्रम अमेरिकाको इतिहासमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको छ ।
सो भेटघाट कार्यक्रम अमेरिकाको न्यूह्यामशयर राज्यको क्लेरमन्ट शहरमा जुलाई २९–३० मा सम्पन्न भएको हो । सो भेटघाटमा आफुहरुले अमेरिकामा रहेर पनि कसरी राम्रो चलचित्र बिदेशबाट समेत निर्माण गर्न सकिन्छ भनेर छलफल भएको चलचित्र निर्देशक सुमन दाहालले जानकारी गराएका छन् । कार्यक्रम यो ऐतिहासिक भएको र अमेरिकामा पहिलो पटक यसरि चलचित्र कर्मीहरुलाई एकै थलोमा जम्मा गराउन सकिएकोमा सबैले हर्ष व्यक्त गरेको पनि उनले बताए ।
यस कार्यक्रममा अमेरिका भएका सबैलाई समेट्ने प्रयास गर्दा गर्दै धेरै जनाको सहभागिता हुन् बिभिन्न परिस्थितिले संभव नभएको पनि उनले बताए । उक्त कार्यक्रममा चलचित्रकर्मीहरुका परिवारहरु सहितको उपस्थिति रहेको थियो । अमेरिकामा रहेता पनि लामो समय देखि भौतिक रुपमा भेटघाट हुन् नसकेको अवस्थालाई मध्य नजर गर्दै यस बर्ष न्यूह्यामशायर भेटघाटको तारतम्य मिलाईएको पनि उनले बताए ।
निर्देशक सुमन दाहालका अनुसार यस भेटघाट पछि अर्को बर्ष पनि भेटघाट कार्यक्रमको आयोजना गरिने पनि उनले बताए । सो भेटघाटमा करिव ६० जना चलचित्रकर्मीहरुको उपस्थिति रहेको पनि उनले जानकारी गराए ।
उक्त ऐतिहासिक कार्यक्रममा निर्देशकहरूमा किशोर सुब्बा ,दिनेश कार्की ,कृष्ण चापागाई ,गोपाल चन्द्र लामिछाने ,अनिल संगौला,सुमन दाहाल, शिवहरी पौडेल ,मनोज तिमिल्सिना तथा बिकास घलेको उपस्थिति रहेको थियो ।
त्यसैगरी अभिनेताहरूमा अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापाको उपस्थिति रहेको थियो । अभिनेत्रिहरूमा अरूणा कार्की, सम्झना खडका अनुशुया श्रेष्ठ वन्तपनि कार्यक्रम उपस्थित थिए ।
भेटघाट कार्यक्रममा कलाकारहरुमा गोपाल अधिकारी ( ट्वाकेन्द्र ),निर्मातामा ध्रुव वन्त , पत्रकारमा सन्तोष रिमाल, संगीतकारमा श्याम नेपालीको पनि सहभागिता रहेको थियो । यसैगरी गायिका पविता परियार ,गायक तिलक श्रेष्ठ ,कलाकार रंजन बुढाथोकी ,गीतकार अग्नि शर्मा ,नृत्य निर्देशक देवी थापा ,निर्मात्री प्रभा चापागाई समेतको सो भेटघाटमा सहभागी भए ।
उक्त भेटघाट कार्यक्रमको खानपिनको व्यवस्था बबी संग्रौला(पत्नी अनिल संग्रौला)ले गरेकी थिइन् भने सहयोगीको भूमिका दिपक मणि शर्माले गरेका थिए । निर्देशक अनिल संग्रौलाले आयोजना गरिएको उक्त कार्यकममा उपस्थिति जनाउनु हुने सबैमा आभार व्यक्त गरे ।
अर्को वर्ष अझ धेरै चलचित्रकर्मी जम्मा भएर चलचित्र उधोगलाई धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिवद्धता सहित सो भेला सम्पन्न भएको पनि दाहालले बताए ।