ब्युटी न्युज नेपाल
काटमाडौं, १२ जेठ
नेपालको पहिलो राष्ट्रिय गीतको रुपमा रेकर्ड भएको जय जय नेपाल…फेरी नयाँ संगीतमा रकेर्ड भएको छ । यो गीतमा यतीबेला युवा संगीतकार एलिश कार्कीले नयाँ संगीत भरेका छन् । एलिशद्धारा पुन संगीतबद्ध नेपालकै पहिलो यो राष्ट्रिय गीत युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित एक समारोहबीच उप राष्ट्रपति नन्दबहादुर पुन र प्रधान सेनापति प्रभुराम शर्माले सार्वजनिक गरे । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित समारोहमा राष्ट्रिय गीत निर्माणमा लामो समयदेखि सक्रिय तथा नेपाली संगीत स्तरोन्नतिमा क्रियाशील संगीतकार एलिश कार्कीलाई उपराष्ट्रपति पुनबाट कदरपत्र प्रदान गरियो ।
उपराष्ट्रपति पुनले सोही कार्यक्रममा गायिका गीता पाण्डे र संगीत संयोजक राजेशकुमार श्रेष्ठलाई पनि कदरपत्र प्रदान गरे । सो कार्यक्रममा यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाल संस्थालाई प्रदान गरिएको छ । त्यसैगरी, २०७७, २०७८ र २०७९ सालको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नगदसति क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई प्रदान गरियो ।
युगकवि श्रेष्ठमा मेरो प्यारो ओखलढुंगा, हिमगिरी मन्डित, निर्झर, भीमसेन थापा, शबरी, जुनकिरीलगायतका रचना सर्वाधिक चर्चामा छन् । उनका मेरो प्रतिबिम्ब, कोपिला, कुहिरो र घामलगायतका कविता संग्रह तथा उर्वशी, ज्यानमारा शैल, आँसुलगायतका कृति अभैm पनि पठनीय सामग्रीका रूपमा रहेका छन्।