इमाडोलमा ब्युटिसियन शोभा महर्जनले खोलिन ‘रिभा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ

ब्युटिसियन शोभा महर्जनले ललितपुरको इमाडोलमा ‘रिभा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ सञ्चालन गरेकी छिन् । एक दशक भन्दा लामो समयदेखि ब्युटिसियनको रुपमा सक्रिय उनले यसपटक सुविधा सम्पन्न पार्लर खोलेकी हुन् ।

बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजित, बरिष्ट ब्युटिसियन रिना अवाले, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोलले बिहिबार शोभाको रिभा ब्युटीपार्लरको उद्घाटन गरे ।

बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजित उद्घाटन समारोहमा बोल्दै शोभा एक कुशल ब्युटिसियन भएको र उनले इमाडोल क्षेत्रका कस्टमरलाई मध्यनजर राखेर नयाँ ब्युटिपार्लर रिभा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको बताईन् । उनले शोभालाई सफलताको शुभकामना व्यक्त गरिन् ।

अर्की अग्रज ब्युटिसियन रिना अवालेले शोभा निकै मेहनती ब्युटिसियन भएको बताउँदै आफ्नो कार्यक्षेत्रमा उनले सफलता हाँसिल गर्ने भनाई सो उद्घटना कार्यक्रममा राखिन् । यस्तै ब्युटिसियन तथा रिभा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी संस्थापक शोभा महर्जनले अग्रज ब्युटिसियनहरुको प्रेरणाले आफुले यो पार्लर खोल्न सफल भएको बताईन् । हेयर केयर, ब्युटी केयर लगायत सम्पूर्ण ब्युटी सम्बन्धी सेवा आफ्नो पार्लरले प्रदान गर्ने पनि उनले सो कार्यक्रममा जानकारी गराईन् ।